पुनः सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार



काठमाडौँ,मंसिर १८ । आइतबार सुनले बनाएको नयाँ रेकर्ड पुनः ब्रेक भएको छ । सुन अहिलेसम्म कै उच्च मूल्यमा पुगेको हो । पछिल्लो सयम सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ ।

सोमबार सुन तोलामा ८०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य १ लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्