त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?
काठमाडौं,मंसिर १३ । मंगलवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर बुधवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण शेयरधनीहरू (कर्मचारीहरूसमेत) मा वितरण गरेको ३७ लाख ५ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको १ करोड ४८ लाख कित्ता गरेर कुल १ करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ८९ दशमलव ३८ देखि २६८ दशमलव १४ ओपन रेञ्ज पाउने देखिएको छ । सोही रेञ्जको आधारमा कम्पनीको शेयर बुधवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको स्टक सिम्बोल टीभीसीएल रहेको छ । शेयर सूचीकरणपश्चात दिनु पर्ने आरटीएस सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ ।