फेरी सुनको मूल्यले नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ



काठमाडौँ,मंसिर १२ । सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । विवाहको सिजनको बेला मै सुनको मूल्य हालसम्मकै उच्च हो। हिजो अर्थात मंसिर ११ गते एक लाख १७ हजार ४०० रुपैयाँ कायम रहेको नयाँ रेकर्डमा फेरी परिवर्तन आएको हो ।

सुन आज तोलामा थप ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १७ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्