‘गाउँको डाक्टर’ को निधनले स्थानीय शोकमा



कालिकोट,मंसिर ११ । गाउँका डाक्टर उपाधि पाएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमा डुबेको छ । आइतवार उनको निधन भएपछि गाउँबासी शोकमग्न भएका हुन् ।

“हाम्रा डाक्टरको निधन भयो, रास्कोट क्षेत्रकै चिकित्सक गुमायौं” भन्दै स्थानीयहरु मलामीमा सहभागी भएका थिए । रास्कोट नगरपालिका भित्रका तीन वटै साविकका गाउँ बिकास समितिका नागरिकलाई शाहीले सेवा दिंदैआएका थिए । 

सुत्केरी हुन कठिन भएका महिलाको बच्चा निकाल्नेदेखि साना अप्रेसन समेत गरी धेरै बिरामी निको पारेकाले उनलाई यहाँका नागरिकले डाक्टर भनेर चिन्थे ।

प्रतिक्रिया दिनुहोस्