१६ करदाता सम्मानित: सूर्य नेपाललाई दोहोरो सम्मान, धेरै आयकर तिर्नेमा नेपाल टेलिकम
काठमाडौं,मंसिर ८ । आन्तरिक राजश्व विभागले १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
हरेक बर्ष उत्कृष्ट करदातामा पर्ने गरेको सूर्य नेपाल यस बर्ष सबैभन्दा धेरै कर तिर्ने र समयमै कर दाखिला गर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । धेरै आयकर तिर्नेमा नेपाल दूरसचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ। यस्तै धेरै निर्यात गर्नेमा डाबर नेपाल प्रा.लि. सम्मानित हुँदा विशेष उद्योगतर्फ धेरै कर दाखिला गर्ने एशियन पेन्ट्स सम्मानित भएको छ ।
बैंकतर्फ धेरै कर तिर्ने ग्लोबल आइएमी बैंक छ भने बीमातर्फ एलाआइसी नेपाल परेको छ । सहकरीतर्फ छिमेक लघुबित्त परेको छ । कृषि फर्मतर्फ ओबिसी फिड एन्ड फिड्स प्रा.लि. परेको छ भने शिक्षातर्फ नोवेल शिक्षण अस्पताल परेको छ ।
पर्यटनतर्फ मनकामना केवलकार परेको छ । वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), उर्जातर्फ भोटेकोशी उर्जा कम्पनी, रेमिटान्सतर्फ आईएमई रेमिटान्स परेको छ । व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित भएका छन् ।