६ महीनामा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं,मंसिर २ । पछिल्लो ६ महीनाको अवधिमा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांक अनुसार गत वैशाख २४ देखि कात्तिक २३ गतेसम्मको अवधिमा यस समूहको परिसूचक ४४ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ ।
गत वैैशाख २४ गते होटल तथा पर्यटन समूहको परिसूचक ३ हजार ४७१ दशमलव ६७ रहेकोमा कात्तिक २३ गते बढेर ५ हजार १६ दशमलव ३२ पुगेको हो । समीक्षा अवधिमा सर्वाधिक कमाउने समूहको सूचीमा दोस्रोमा म्युचुअल फण्ड छ । समीक्षा अवधिमा उक्त समूहको परिसूचक २९ दशमलव ११ प्रतिशत वृद्धि भएको छ ।
उक्त अवधिमा १२ परिसूचकमध्ये ११ समूहको परिसूचक बढेको छ भने बैंकिङ्ग समूहको परिसूचक मात्रै घटेको छ । उक्त समूहको परिसूचक ३ दशमलव ७० प्रतिशत घटेको छ । गत वैशाख २४ गते यस समूहको परिसूचक १ हजार २१९ रहेकोमा कात्तिक २३ गते १ हजार १७२ दशमलव ९१ विन्दुमा झरेको हो ।