मंसिर महिनाको पहिलो कारोबार दिनमै सुन तोला मूल्य २३ सय रुपैयाँ बढ्यो, प्रतितोला कति ?



काठमाडौँ,मंसिर १ । मंसिर महिनाको पहिलो कारोबारको दिन सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा एकै दिन २३ सय रुपैयाँले बढेको हो ।

मंसिर महिनामा बिवाहको लगन धेरै हुने भएका कारण सुनको माग धेरै हुन्छ । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि एकै दिन तोलामा ९० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्