अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प प्रभावितलाई राहत सामग्री सहयोग



काठमाडौं,कात्तिक २७। सीजी होल्डिङ्स अन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउण्डेशनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई आपत्कालीन राहत सामग्री प्रदान गरेको छ ।

संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्न १६ टन राहत सामग्री उपलब्ध गराएको हो । संस्थाले उक्त राहत प्याकेज जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउतलाई हस्तान्तरण गरेको हो ।

उक्त सहयोग सामग्रीमा सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छाले एक दिनको तलब योगदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्