रसुवाको कालिका गाउँपालिकाका विभिन्न वडामा आकस्मिक बजार अनुगमन
रसुवा,कात्तिक २३ । रसुवाको कालिका गाउँपालिकाका विभिन्न वडामा आकस्मिक बजार अनुगमन गरिएको छ ।
अनुगमनलाई आक्रामक बनाउने अभियान सुरु गरेका उपाध्यक्ष मिरा तामाङको नेतृत्वमा भएको बजार अनुगमन टोलीले वडा नम्वर ५ को जिवजिवे वडा कार्यालय क्षेत्र देखि वडा नम्वर २ को घुम्ती कालिकास्थानमा सम्मका व्यवसायहरुको मुल्य सुचि, साईनवोर्ड, व्यवसाय दर्ता , व्यवसाय नविकरण , खरिद–बिक्रि बिल लगायतको प्रमाण पत्र र कागजातहरु अध्यावधिक भएको नभएको निरिक्षण गरेको हो ।
बजार अनुगमनमा भएको अनुगमनमा कार्यपालिका सदस्य शर्मिला घले, निमित्त प्रमुख प्रशासकिय अधिकृत वाचस्पति सुनुवार , प्रशासन प्रमुख सुवास पौडल लयायत आधा दर्जन बिषयगत शाखाका प्रमुख र स्थानीय समाजसेवीको उपस्थिति रहेको थियो ।
अनुगमन टोलीले विभिन्न पसल बाट अखाद्य बस्तु तथा म्याद नाघेका खाद्यबस्तु समेत बरामद गरेको छ । अनुगमनका क्रममा ४० प्रतिशत पसलमा म्याद नाघेका अखाद्य बस्तु भेटिएको कालिका गाउँपालिका बजार अनुगमन टोलीका संयोजक मिरा तामाङले बताइन । दुर्गम क्षेत्रमा म्याद नाघी समान ढुवानी हुने गरेको र उपभोक्ताले पनि म्याद नहेरी सामान खरिद बिक्री गर्ने हुँदा नष्ट गर्नु परेको उनले बताइन् ।पटक पनि अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य वस्तु भेटिए पालिकाले कानुन बमोजिम कार्बाही प्रक्रिया अघि बढाउने उनले बताइन ।
राष्ट्रिय पर्वहरु नजिक आएको समयमा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गर्ने व्यवसायहरुको छड्के अनुगमनलाई पालिकामा तीव्र पारिएको हो ।