अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग उच्च: बढ्दै छ निर्यात, तीन महिनामा २ अर्बको व्यापार
काठमाडौं,कात्तिक २१ । नेपाली अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दो छ । माग बढेपछि नेपालबाट यसको निकासीमा पनि बढोत्तरी देखिएको छ ।
तीन महिनामा करिब करिब २ अर्बको अलैँची नेपालबाट निर्यात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।तीन महिनामै नेपालबाट १ अर्ब ८९ करोड ७ लाख रुपैयाँ बराबरको १ हजार ५२५ मेट्रिक टन अलैँची निर्यात भएको हो । जुन गत वर्षको पहिलो त्रैमासको तुलनामा ५६.८० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा भने नेपालबाट १ अर्ब २० करोड ७६१ लाख रुपैयाँ बराबरको १ हजार ४९६ मेट्रिक टन बढी अलैँची बिक्री भएको थियो ।
तीन महिनामै नेपालबाट १ अर्ब ८९ करोड ७ लाख रुपैयाँ बराबरको १ हजार ५२५ मेट्रिक टन अलैँची निर्यात भएको हो । जुन गत वर्षको पहिलो त्रैमासको तुलनामा ५६.८० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा भने नेपालबाट १ अर्ब २० करोड ७६१ लाख रुपैयाँ बराबरको १ हजार ४९६ मेट्रिक टन बढी अलैँची बिक्री भएको थियो।
नेपालबाट निर्यात हुने कुल वस्तुमध्ये ४.६३ प्रतिशत हिस्सा अलैँचीको छ । अलैँची विदेशी मुद्रा आर्जनको बलियो स्रोत मानिन्छ। पछिल्लो समय मूल्य वृद्धि भएकाले अलैँची किसानहरू उत्साहित छन् । अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग पनि बढेको छ । यसरी विश्व बजारमा नै माग बढेपछि निर्यात वृद्धि भएको बताइन्छ ।नेपालबाट भारत, युएई, जर्मनी, इटली, पाकिस्तान, अमेरिका लगायतका देशहरूमा अलैँची निर्यात हुने गरेको छ । विशेषगरि मसला उत्पादनमा प्रयोग हुने अलैँची भारतमा बढी निर्यात हुन्छ । चालु आवको पहिलो त्रैमासमा भारतले मात्र सो बराबरको नेपाली अलैँची किनेको हो । भारतले नेपालबाट आयात गरेको अलैँची प्याकेजिङ गरी अन्य मुलुकहरूमा निकासी गर्दै आएको छ ।
नेपालबाट भारत, युएई, जर्मनी, इटली, पाकिस्तान, अमेरिका लगायतका देशहरूमा अलैँची निर्यात हुने गरेको छ । विशेषगरि मसला उत्पादनमा प्रयोग हुने अलैँची भारतमा बढी निर्यात हुन्छ । चालु आवको पहिलो त्रैमासमा भारतले मात्र सो बराबरको नेपाली अलैँची किनेको हो । भारतले नेपालबाट आयात गरेको अलैँची प्याकेजिङ गरी अन्य मुलुकहरूमा निकासी गर्दै आएको छ । गत वर्षभर पनि ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको ९ हजार ९९१ मेट्रिक टन बढी अलैँची नेपालबाट निर्यात भएको थियो । अघिल्लो आव २०७८/७९ मा पनि ४ अर्ब ८१ करोड ३४ लाख, आव २०७७/७८ मा ७ अर्ब २ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ । नेपालले बर्सेनि अबौं रुपैयाँको अलैँची अन्य मुलुकहरूलाई बिक्री गर्दै आएको छ। अलैँची निर्यातबाट नेपाली विदेशी मुद्रा आर्जन गरिरहेको छ । यसले समग्र देशको व्यापार घाटा कम गराउन पनि ठुलो योगदान दिएको छ ।
गत वर्षभर पनि ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको ९ हजार ९९१ मेट्रिक टन बढी अलैँची नेपालबाट निर्यात भएको थियो । अघिल्लो आव २०७८/७९ मा पनि ४ अर्ब ८१ करोड ३४ लाख, आव २०७७/७८ मा ७ अर्ब २ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ । नेपालले बर्सेनि अबौं रुपैयाँको अलैँची अन्य मुलुकहरूलाई बिक्री गर्दै आएको छ। अलैँची निर्यातबाट नेपाली विदेशी मुद्रा आर्जन गरिरहेको छ । यसले समग्र देशको व्यापार घाटा कम गराउन पनि ठुलो योगदान दिएको छ ।
नेपालको पूवी पहाडी जिल्लाहरूमा अलैँचीको धेरै उत्पादन हुने गरेको छ। पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ लगायतका नेपाल ४२ वटा भन्दा बढी जिल्लाहरूमा अलैँची खेती हुने गरेको छ । नेपालमा उत्पादित ९० प्रतिशत बढी निर्यात हुने गरेको छ । अलैँची खेती गर्न सकिने सम्भावनाका जिल्लाहरूमा व्यापक बिस्तार हुन आवश्यक देखिन्छ ।
अहिले नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती भएको छ । तर, ३५ हजारदेखि ४० हजार हेक्टर जमिनमा अलैँची खेती गर्न सकिन्छ । अलैँचीका लागि योग्य सबै जमिनमा खेती विस्तार गर्न सके यसको निर्यात अझै बढ्ने व्यवसायीहरू बताउँछन् । तर, पछिल्लो घट्दै गएको बताइन्छ । विदेशमा निकासी गरेर विदेशी मुद्रा कमाउन सकेता पनि खासै अलैँची किसानहरू बढी लाभान्वित हुन सकेका छैनन् ।