डाक्टर सन्दुक रुइतले गरे नुवाकोट शिवपुरीका वृद्धवृद्धाको आँखाको शल्यक्रिया



नुवाकोट,कात्तिक २१ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का वृद्ध वृद्धाको आँखाको शल्यक्रिया चर्चित आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले गरेका छन् ।

शिवपुरी गाउँपालिका वडा नम्बर ६ का १८ जना नागरिकको माइक्रोसर्जिकल मोतियाबिन्दु प्रक्रिया र इन्ट्रा-ओकुलर लेन्स प्रत्यारोपण डाक्टर सन्दुक रुइत र उनको समूहले गरेको हो ।

तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा
फुललारी गुम्बाको ब्यबस्थापन र शिवपुरी वडा नम्बर ६ को सहकार्यमा भएको सफल शल्यक्रिया पश्चात् वृद्ध वृद्धाले हर्ष प्रकट गरेको वडा नम्बर ६ का वडा सदस्य कमल तामाङ (नुवाकोटे टाइगर) ले बताए । पछिल्लो समय नुवाकोटे टाइगरले स्थानीय स्तरका स्वास्थ्य,बाटोघाटो तथा सामाजिक क्षेत्रमा सहयोग पुर्याउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्