गोदावरी पुष्प मेला: एकदिनको टिकट विक्रीबाट आएको रकमको ५० प्रतिशत भूकम्प पिडितलाई



काठमाडौं,कात्तिक १९ । फ्लोरीकल्चर एशोसियशन नेपालले गोदावरी पुष्प मेलाबाट एकदिनको टिकट विक्री मार्फत संकलन भएको रकमको ५० प्रतिशत रकम जाजरकोट र रुकुमका भुकम्प पिडितलाई राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।

आज आईतबारको मेलाको टिकटबाट हुने आमदानीको ५० प्रतिशत रकम भुकम्प पिडीतका लागि राहत तथा उद्धारका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने एशोसियशनल जनाएको छ ।साथै आफ्ना सक्रिय सदस्यहरुलाई समेत आफ्नो व्यक्तिगत तर्फबाट क्षमता अनुसार सहयोग गर्न पनि एशोसियसनले अपिल गरेको छ । गोदावरी पुष्प मेला कात्तिक १४ गतेदेखि जावलाखेल स्थीत खेल मैदानमा जारी छ । मेला आईतबार सम्म चल्नेछ ।

साथै आफ्ना सक्रिय सदस्यहरुलाई समेत आफ्नो व्यक्तिगत तर्फबाट क्षमता अनुसार सहयोग गर्न पनि एशोसियसनले अपिल गरेको छ । गोदावरी पुष्प मेला कात्तिक १४ गतेदेखि जावलाखेल स्थीत खेल मैदानमा जारी छ । मेला आईतबार सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्