नुवाकोटको भद्रुटारमा एमसीसी सरोकार समाज गठन



नुवाकोट,कात्तिक १८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा एमसीसी सरोकार समाज गठन गरिएको छ ।

शनिबार भएको स्थानीयको भेलाले टीकाप्रसाद कडेलको अध्यक्षतामा एमसीसी सरोकार समाजको गठन गरेको हो ।

समाजको उपाध्यक्षमा गणेशप्रसाद पाण्डे, सचिवमा लीलामणि सिटौला, सदस्यमा गोकर्ण पौडेल, दामोदर सिटौला, गोपी खतिवडा, कल्याणराज सिटौला, रामचन्द्र पाठक, बिष्णु लोहनी रहेका छन् ।

पञ्चकन्या गाउँपालिका वडा नं ५ भद्रुटारमा एमसीसी परियोजना अन्तर्गत निर्माण हुन लागेको विद्युत् प्रसारण लाइनको प्रभावित बासिन्दाहरूको भेलामा एमसिसि परियोजनासँग स्थानीय सरोकारका विभिन्न मागहरु समेत राखेको छन । मागहरूको सम्बोधन नभए बिभिन्न संघर्षका कार्यक्रम समेत तय गरिएको समाजले जनाएको छ ।

समाजले परियोजना प्रभावित क्षेत्र भद्रुटारमा तेर्सो कृषि सडक पक्की सडक बन्नुपर्ने र मूल सडक कालोपत्रे हुनुपर्ने जस्ता माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्