बुद्ध एयरले दिने भयो भूकम्प पीडितलाई १ करोड सहयोग



काठमाडौँ,कात्तिक १८ । भूकम्प पीडितलाई निजी वायुसेवा कम्पनी बुद्ध एयरले १ करोड दिने घोषणा गरेको छ ।

शनिवार एक सूचना जारी गर्दै बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने घोषणा गरेको हो ।

बुद्ध एयरले भनेको छ – ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनै पर्छ । यसर्थ रुपैयाँ १ करोड दिने घोषणा गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्