संसद्को अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौं,कात्तिक १६ । सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।
आजको बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले खरीबोटलाई जानकारी दिएका छन् ।