हालसम्मकै उच्च बिन्दुमा पुग्यो अमेरिकी डलरको भाउ: नेपाली रुपैयाँ कमजोर, कस्तो पर्छ असर ?



काठमाडौं,असोज ३० । अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेको छ । जुन, अहिलेसम्मकै महँगो हो । यसअघि १३३ रुपैयाँ ५४ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको सटहीमा १३३ रुपैयाँ ५५ पैसा खर्चिनु पर्ने भएको छ । यता, डलरको बिक्री दर भने १३२ रुपैयाँ ९५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

केही हप्ता अघि पनि डलर भाउ १३३ रुपैयाँ ४४ पैसा पुगेको थियो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ ।

भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो । अमेरिकी डलर बढ्दै जाँदा यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ । यसले आयात गर्ने सामग्रीका लागि थप महँगो पर्छ ।

प्रतिक्रिया दिनुहोस्