आजदेखि नयाँ नोट साट्न पाइने



काठमाडौँ,असोज २९ । बडादशैंको दोस्रो दिन आज (असोज २९ गते) देखि नयाँ नोट साट्न पाइने भएको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सोमबारदेखि नयाँ नोट साट्न थालेको हो।

काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ।

५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ। एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्