पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलमा ५ रुपैयाँ घट्यो
काठमाडौं,असोज २९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर पठाएकाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । आजसम्म काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ छ । नयाँ कायम गरिएको मूल्य अनुसार अब डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ । यसअघि काठमाडौं उपत्यकामा एक लिटर पेट्रोलका लागि १७३ रुपैयाँ तिर्नुपर्थ्यो ।