कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार
काठमाडौँ,असोज २८ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
कार्कीले पद तथा गोपनियताको शपथ लिएसँगै कांग्रेसका समशेर राई र एमालेबाट रामबहादुर रानालाई मन्त्री नियुक्त गरेका हुन् ।आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।
मन्त्रालय भने तोकिएको छैन । कार्की शनिबार कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।