नयाँ बसपार्कमा दशैंका लागि उपत्यका छोड्नेको यात्रुको भीड



काठमाडौँ,असोज २८ । नेपालीको महान् पर्व बडादशैं सुरु भएसँगै गोँगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ ।

घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको भुइँचो लागेको हो । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका अनुसार दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताएको छ ।

दशैंका लागि हालसम्म ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेका छन् । सरकारले दशैैंको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्