नेपाललाई जानकारी नदिई भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्र प्रवेश
काठमाडौँ,असोज २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभागमा कालापानी प्रवेश गरेका छन् । नेपाललाई जानकारी नदिईकन हेलिकोप्टर चढेर आज बिहान मोदी कालापानी क्षेत्रमा आएका हुन् ।
हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन् । मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी लगायत पनि कालापानी क्षेत्रको भ्रमणमा छन् । एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावलले कडा आपत्ति जनाएका छन् । सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ । मोदी आजै ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक गरेका छन् ।