जनताप्रति जवाफदेही हुन सरकारलाई अध्यक्ष ओलीको आग्रह



धनुषा,असोज २४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको वर्तमान सरकारलाई जनताप्रति जवाफदेही बन्न आग्रह गरेका छन् ।

नेकपा (एमाले) मधेश प्रदेशको बुधबारदेखि जनकपुरधाममा सुरु भएको प्रथम प्रदेश अधिबेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको जनजिविकासँग जोडिएका वस्तुको मुल्य दिन प्रतिदिन अकाशिंदै गएको र यसले नेपाली जनताको जनजिवनमा असर पर्दा पनि सरकारले जवाफदेही ढंगवाट काम गर्न नसकेको बताए ।

उनले इजरायलमा फसेका नेपाली विद्यार्थीसहित आमनागरिकलाई उद्धारगरी राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरे । अध्यक्ष ओलीले देश र मधेशको विकासका लागि एमालेको पूर्ण बहुमतको सरकार आवश्यक भएको बताए ।

त्यसका लागि एमालेले मिसन ८४ को शुरुवात गरिसकेको बताए । उनले हरेक वडामा एमाले कम्तिमा ५१ प्रतिशत हुनेगरी अभियानमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।मधेश प्रदेशको प्रमुख पार्टी एमाले भए पनि सरकार बनाउने सिट नपुगेकाले आउने निर्वाचनमा स्पष्ट बहुमत दिन आग्रह गरे । उनले विगतमा आफु नेतृत्वको सरकारको कामकाज देखेर विरोधीले विभिन्न षडयन्त्र गरे पनि एमाले पहिलो शक्तिको रुपमा जनताको माझ रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्