सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको प्रतिवेदन समितिबाट पारित



काठमाडौँ,असोज २४ । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यवसायीक वातावरण प्रवद्र्धन सम्बन्ध केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

बुधबार सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

मंगलबार उपसमितिले सुझावसहित आाफ्नो प्रतिवेदन बुझाएको थियो । उक्त सुझावलाई समेटेर आज सर्वसम्मत रुपमा विधेयक पारित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्