अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हावर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई



काठमाडौं,असोज २३ । अमेरिकाको हावर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनले अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएकी छन् । उनले अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक विज्ञानको क्षेत्रमा दिइने स्वेरिगेस रिक्सबैंक पुरस्कार–२०२३ पाएकी हुन् । 

श्रम बजारमा महिलासम्बन्धी शोधमार्फत विभिन्न नतिजा बाहिर ल्याएको भन्दै रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले सोमवार (आज) उनलाई यो पुरस्कार दिने निर्णय गरेको हो । उक्त शोधबाट उनले महिला श्रम शक्ति, कमाइमा लैंगिक अन्तर, आयमा असमानतालगायत विषय उजागर गरेकी छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त पुरस्कारको राशि ९ लाख ७ हजार डलर छ । 

प्रतिक्रिया दिनुहोस्