इजरायलमा १० नेपालीको मृत्यु: सरकारले मंगलबार शोक मनाउने
काठमाडौं,असोज २२ । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले शोक मनाउने भएको छ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक मनाउने भएको हो।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार शोक मनाउने मन्त्रिपरिषदले निर्णय गरेको जानकारी दिए ।उनकाअनुसार इजरायलमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय भएको छ।
यसअघि शोक बिदा हुने भनिएकोमा सच्चाइएको छ ।-सम्पादक