राष्ट्र बैंकले असोज २९ देखि नयाँ नोट सटही सुविधा दिने
काठमाडौँ,असोज २१ । नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि असोज २९ देखिनयाँ नोट सटही सुविधा दिने भएको छ ।
सर्वसाधारणलाई गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिने भएको हो ।
सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साँट्न सक्नेछन् ।