अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट



काठमाडौं,असोज १७ । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरबारमा मंगलबार भएको भेटमा अर्थमन्त्री डा महतले एमसीसीअन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोपअनुरुप कार्यान्वयन हुनसकेमा मात्र विगतका सन्देहको अन्त्य हुने बताए । उनले नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुनसक्ने विचार व्यक्त गरे । एमसीसी कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशनसमेत दिए । 

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको तथा यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गरेको अर्थमन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्