सिनामंगलको केएमसी अस्पतालमा कुटिए डाक्टर, स्वास्थ्यकर्मी आन्दोलनमा



काठमाडौँ,असोज १४ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा डाक्टरमाथि कुटपिट भएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो।

नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका ३–४ जनाको समूहले डाक्टरमाथि कुटपिट गरेको हो । डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।

अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्