फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य: खाना पकाउने ग्यासको पनि वृद्धि, अब कुनको कति पुग्यो ?
काठमाडौं,असोज १३ । नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो ।
निगममले आजै राती देखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ डिजेल/मट्टितेलको प्रतिलिटर ६ रुपैयाँले मूल्य वृद्धि गरेको हो । यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा क्रमश: १ रुपैयाँ ३४ पैसा र ४ रुपैयाँ ८२ पैसाले बढेर आएको थियो । यस्तै, खाना पकाउने ग्यासको मूल्यमा पनि प्रतिसिलिण्डर १७३ रुपैयाँ ४५ पैसाले वृद्धि भई आएको थियो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दर सहित समायोजन गरि कायम गरिएको जनाएको छ ।