मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आईपीओ निष्कासन गर्ने, सेबोनबाट स्वीकृती पायो



काठमाडौं,असोज १३ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ ।

सेबोनले कम्पनीलाई १४ लाख कित्ता आईपीओ निष्कासन गर्न असोज १० गते स्वीकृती दिएको हो ।

विक्री प्रबन्धक एनआईएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न स्वीकृती पाएसँगै कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्