रिचेत जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने
काठमाडौं,असोज १३ । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।
कम्पनीले ११ लाख ७६ हजार ४५० कित्ता आईपीओ निष्कासन गर्न भदौ २९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ ।