ह्याम्स हस्पिटलको आम्दानी: नौ महीनामा १ अर्ब बढी



काठमाडौं,असोज १२ ।  हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्‍याम्स) ले ९ महीनामा नै १ अर्ब बढी सञ्चालन आम्दानी गरेको छ । 

रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष सन् २०२३ को नौ महीनामा १ अर्ब १ करोड रूपैयाँ (अपरिष्कृत)  सञ्चालन आम्दानी गरेको हो । 

इक्रा नेपालका अनुसार अस्पतालले आव सन् २०२१ मा १ अर्ब ५५ करोड र आव सन् २०२२ मा १ अर्ब ४३ करोड रूपैयाँ सञ्चालन आम्दानी गरेको छ । अस्पतालको अकुपेन्सी घट्दै गएको इक्राले जनाएको छ । आव सन् २०२१ मा ६४ प्रतिशत रहेक अकुपेन्सी आव सन् २०२३ मा अकुपेन्सी घटेर ४७ प्रतिशत रहेको छ । 

हस्पिटलले ८७ करोड ३७ लाख रूपैयाँ कर्जाको लागि रेटिङ गराएको छ । इक्राले हस्पिटलको ८५ करोड ३७ लाख रूपैयाँको दीर्घाकालीन कर्जाको लागि एल ट्रिपल बी माइनस र २ करोड रूपैयाँको अल्पकालीन कर्जाको लागि ए थ्री रेटिङ दिएको छ । 

सन् १९९८ मा स्थापित १०० शैयाको यस अस्पताल काठमाडौंको धुम्बाराहीमा रहेको छ । अस्पतालको अध्यक्षमा राम शरण भण्डारी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्