स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन एमालेको आग्रह
काठमाडौं,असोज १० । नेकपा (एमाले) ले चिकित्सक तथा स्वास्थ्यकर्मीले मर्यादित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा काम गर्न पाउने वातावरण तयार गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएको छ ।
एमालेका स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले केही समयदेखि स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमजुङ, चितवन, मणिपाल अस्पताल पोखरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा निरन्तर सांंघातिक हमला भइरहेको भन्दै गृह प्रशासनले दोषीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।