नेपाल आयल निगमले आइपीओ निष्कासन गर्ने



काठमाडौं,असोज ९ । नेपाल आयल निगमले आइपीओ निष्कासन गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका हुन् ।

नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारण सभामा थानीले यस्तो बताएका हुन् । धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा सातौँ पटक संशोधन भएको र नियमावलीमा २ आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।

उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले आईपीओ जारी गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्