सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन सरकारले बोलायो बैठक
काठमाडौं,असोज ५। गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणको सत्यतथ्य छानविन गर्न सरकारले गठन गर्न लागेको उच्चस्तरीय छानविन आयोगको बारेमा छलफल गर्न सरकारले बैठक बोलाएको छ ।
सरकारले आजै केहीबेरमा गृहमन्त्रालयमा छलफलका लाग बैठक बोलाएको एक नेताले जानकारी दिए ।
साउन ३ मा बरामद भएको सुनलाई लिएर नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गरेपछि गत भदौ ६ गते सरकारले असोज ५ गते छानबिन आयोग बनाउने सहमति गरेर सदन सूचारु गरेको थियो ।