पञ्चकन्यामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम



नुवाकोट,भदौ २९ । जिल्लाको पञ्चकन्यामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय परिचयपत्र वितरण र यसको महत्त्व र प्रक्रिया बारे जानकारी गराइएको थियोे ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र बिक्रम ठकुरीको प्रमुख आथित्यता तथा पन्चकन्या गाँउपालिका अध्यक्ष तेज बहादुर तामाङ र उपाध्यक्ष बिमला के सिको बिशेष आथित्यतामा भएको थियोे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी, प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, स.प्र.ना.उ श्री जगनाथ खड्का, प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले, प्रशासकीय अधिकृत सुरेश खतिवडा, डिभिजन बन कार्यालय अधिकृत दिर्गनाथ कोइराला, राष्ट्रिय परिचयपत्र विभागका इन्जिनिएर अवुद अली, वडाका वडा अध्यक्षहरु, कार्यापलिका सदस्यहरु, शाखा प्रमुखहरु, वडा सचिवहरु, शाखागत कर्मचारीहरुको सहभागिता रहेको थियोे ।

पञ्चकन्या गाउँपालिकामा स्थानीय बाटोघाटोको मर्मतसंगै नागरिकलाई सहजता हुनेबित्तिकै राष्ट्रिय परिचयपत्र टोली गाउँगाउँमा खटाउने तयारी रहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्