नुवाकोट पञ्चकन्यामा गाई/भैसीमा थुनिलो न्यूनीकरण सम्बन्धि घुम्ती शिविर



नुवाकोट,भदौ २२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा गाई/भैसीमा थुनिलो न्यूनीकरण सम्बन्धि घुम्ती शिविर सम्पन्न भएको छ ।

शुक्रबार गाउँपालिकाको घलेभञ्ज्याङ् मा भएको शिविरमा विभिन्न वडाका पशुपालक किसानको सहभागिता रहेको थियोे । शुक्रबार बिहान गौमति दुग्ध संकलन केन्द्र पञ्चकन्या ३ मा ६५ जना किसानको गाई/भैसीको दुध र दिउँसो पञ्चकन्या घलेभन्ज्याङ्गमा ८५ जना किसानको गाई/भैसीको दुध परिक्षण गरिएको पञ्चकन्या गाउँपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक सन्तोष पाठकले बताए ।

कार्यक्रम प्रशिक्षणका क्रममा पशुलाई थुनिलो विशेष गरेर गोठको सरसफाइको कमि र दुध दुहुने मानिसको हातको सरसफाईको कमिले समेत हुने जिल्लास्थित बरिष्ठ पशु चिकित्सक डाक्टर बब्लु ठाकुरले बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसी, पशु बिज्ञ केन्द्रका प्रमुख भरत पाण्डे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले,वडा नम्बर १ का वडा अध्यक्ष महानन्द ढकाल,वडा नं ३ का वडा अध्यक्ष रामबाबु पराजुली लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्