हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, नेपाली रुपैयाँ कमजोर



काठमाडौं,भदौ २२ । शुक्रबार अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ । आज अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ४४ पैसा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार भने यस्तो डलरको भाउ १३३ रुपैयाँ ३२ पैसा थियो । तर, शुक्रबार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि डलरको भाउ यो उचाईमा पुगेको थिएन ।

राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलर सटहीमा १३३ रुपैयाँ ४४ पैसा खर्चिनुपर्ने भएको छ । डलरको बिक्री मूल्य भने १३२ रुपेयाँ ८४ पैसा कामय भएको छ ।

शुक्रबार १२ पैसाले बढेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ४४ पैसा खर्च गर्नुपर्ने भएको छ। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ ।

भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।अमेरिकी डलर बढ्दै जाँदा यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ । यसले आयात गर्ने सामग्रीका लागि थप महँगो पर्छ ।

प्रतिक्रिया दिनुहोस्