नुवाकोटमा के दही, दुध,घिउ,खुवा जस्ता दुग्धजन्य परिकार चाहानु हुन्छ? महाउत्पादन डेरी हाजिर छ



नुवाकोट,भदौ १९ । नुवाकोटमा के तपाईं दही, घिउ, पनिर, खुवा जस्ता दुग्धजन्य परिकार चाहानु हुन्छ? यदि चाहानुहुन्छ भने अब चिन्ता लिनुपर्दैन । त्यस्का निम्ति शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको महाउत्पादन डेरी उद्योग हाजिर छ ।

नुवाकाेट महाउत्पादन डेरी उद्योग थानापतिले स्थानीय स्तरमै गाई भैसीकाे शुद्ध दुधबाट बनेकाे गुणस्तरीय दूध, दही, पनिर, घिउ, खुवा, बर्फी, गुदपाक, लालमोहन, रसभरी, गुलावजामुन, कालाजामुन, चमचम जस्ता दुग्धजन्य परिकार बिक्री गर्दै आइरहेको छ ।

नजिकिदो चाडपर्वलाई मध्यनजर राख्दै उद्योगले हाललाई उत्पादित परिकार शिवपुरी ८ तथा लिखु ६ ज्याेति बिकास बैंक अगाडि रहेकाे बिक्री केन्द्र र छहरेबाट समेत बिक्री व्यवस्था मिलाइएको महाउत्पादन केन्द्रका अध्यक्ष रामप्रसाद पुडासैनीले बताए ।

सुरुमा दुई करोडको लगानीमा अगाडि बढेका राम पुडासैनीको कृषि फार्ममा अहिले २८ वटा भैसी रहेको छ भने गाई १२ वटा रहेको छ । पाडापाडी र बाच्छाबाछीको संख्या भने २८ वटा रहेको छ । गाईबस्तु हेरचाहका लागि १५ जना कामदार दैनिक खट्छन ।

अध्यक्ष पुडासैनीको कृषि तथा औद्योगिक मोह देखेर झण्डै १ हजार किसान अप्रत्यक्ष रुपमा जोडिएका छन् । महाउत्पादन केन्द्रमा हाल दैनिक रुपमा ४ हजार लिटर बढी दूध संकलन भैरहेको छ । आसपास क्षेत्रका ९ वटा दुग्ध संकलन केन्द्रबाट दुध यस केन्द्रमा आउने गरेको छ । यहाँको चिस्यान केन्द्रमा झण्डै ४८ हजार लिटर दुध एकैपटक भण्डारण गर्न सकिन्छ । आवश्यक दुध तथा दुग्धजन्य परिकार स्थानीय स्तरमै बिक्री गरिन्छ भने बाकी दुध राजधानी काठमाडौ पठाउने गरिएको अध्यक्ष पुडासैनी बताउँछन् । राजधानी तथा छिमेकी गाउँपालिका पञ्चकन्या, लिखु, सुर्यगढी, शिवपुरीका दुध किसानसग सहकार्य गर्न ५ वटा गाडी समेत सञ्चालनमा रहेको छ ।

लेखा विषयमा स्नातकोत्तर हासिल गरेका युवा व्यवसायी रामप्रसाद पुडासैनीको सोच भने त्यतिमा मात्रै सिमित छैन । उनको लक्ष्य आगामी दिनमा फुल स्किममा ८० जना कामदारलाई रोजगारी दिलाउने रहेकोे छ । दृढ विश्वास र संकल्पका साथ कृषि क्षेत्रमा समेत स्थापित पुडासैनीले यस क्षेत्रका जलवायु अनुरुप उत्पादन हुने नयाँ धानको बिउँ उत्पादन गरेका छन् । स्थानीय सहकारी जागरुक कृषि सहकारीले बिउँबिजन बिक्री वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्