डेङ्गी सङ्क्रण बढ्दो, संक्रमितको सङ्ख्या २१ हजार नाघ्यो
काठमाण्डौ,भदौ १६ । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले पानी परिरहेकाले डेङ्गी सङ्क्रमण दैनिकरूपमा बढेको बताउनुभयो ।
नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको ज्यान गएकाे थियो ।