जग्गाकाे कित्ताकाँट खुल्याे, राजश्वपनि बढ्दै जाँदा अर्थतन्त्र सुधारकाे बाटाेमा: मन्त्री महत



काठमाडाैं,भदौ १६ । अर्थमन्त्री डा. प्रकाशसरण महतले निजी क्षेत्रमा केही समस्या रहेकाे भन्दै अहिले रिक्स ज्यादा त्रास बढी रहेकाे बताएका छन् । अर्थतन्त्रलाई लयमा ल्याउने काेसिषमा आफु रहेकाे बताएका छन् ।

राजश्व पनि गत सालकाे भन्दा बढेकाे तर उल्लेख्य संकलन हुन नसकेकाे मन्त्री महतले बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)काे २५औँ साधारणसभामा बाेल्दै मन्त्री महतले व्यावसायीकाे छाता संगठनले सेल्फ रेगुलेसन हुनु जरूरी रहेकाे बताएका छन् ।

जग्गाकाे कित्ताकाँट खुलेकाे र सेयर बजारमा पनि सरकार केही लचिलाे रहेकाेले अव बजार सहज बन्ने मन्त्री महतले बताए । विदेशी सहयाेग पनि औचित्य र आवश्यकताकाे आधारमा मात्र लिने निती सरकारले लिएकाे उनले बताए ।

मन्त्री महतले आफुले राम्राे गर्न लागिपरेकाेले राजनितिक कुरा भन्दा काम बढी गर्न थालेकाे बताए ।

नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले राजश्वकाे कमी सरकारी खर्च धान्न नसक्ने अवस्थामा पुग्याे । राज्यका सबै निकायविच समन्वयकाे अभावमा अर्थतन्त्रमा सुधार आउन सकेन । रेमिट्यान्स बढेकाे छ, विदेशी पर्यटनकाे आगमन बढेकाे छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मन्त्रीले सहयाेग गरेपनि नियामक निकाय नेपाल राष्ट्र बैंकले सहयाेग नगरेकाे आराेप लगाए । कर्जाकाे वेसरेट २ प्रतिशतमा लकअप गर्नुपर्ने मल्लले बताए । राजश्व वृद्धिकाे लागी चेम्बर सहयाेग गर्न तयार छ ।

नेपाल उद्याेग परिसंघका कार्यवाहक अध्यक्ष विरेन्द्र पाण्डेले अर्थतन्त्रमा देखिएकाे सुधारकाे लागी सबैपक्ष एकजुट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्