धान उत्पादन र मागको ग्याप झन् बढ्दै, रोपाई घट्दा स्वदेशी माग अनुसार चामल पूर्ति गर्न चुनौती
काठमाडौं,साउन ३२ । अघिल्लो वर्ष २०७९ को तुलनामा यस वर्ष २०८० मा १ लाख २५ हजार हेक्टर कम जमिनमा धान रोपाई भएको छ । गत वर्ष १४ लाख १७ हजार हेक्टर जमिनमा धान रोपाई भएको थियो । तर, यो वर्ष १२ लाख ९१ हजार हेक्टर जमिन मात्र धान रोपाई भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो । गत वर्ष १४ लाख हेक्टर जमिनमा रोपाई हुँदा ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष १२ लाख हेक्टरमा रोपाई हुँदा धान उत्पादनमा ठुलो धक्का लाग्ने मन्त्रालयका अधिकारीहरू बत्ताउँछन् ।
मन्त्रालयका अनुसार सात वटै प्रदेशमा गरी करिब ७ प्रतिशत विन्दुले धान रोपाइले कमी आएको छ । अघिल्लो वर्ष ९४ प्रतिशत रोपाई भएकोमा यस वर्ष ८७ प्रतिशत मात्र रोपाई भएको हो । यो वर्ष सबैभन्दा कम धान रोपाई मधेस प्रदेशमा भएको छ । उक्त प्रदेशमा गत वर्षको तुलनामा २५ प्रतिशत विन्दुले धान रोपाई घटेको छ ।अघिल्लो वर्ष ९३ प्रतिशत जमिनमा धान रोपाई भएकोमा यस वर्ष ६८ प्रतिशत रोपाई भएको छ । अघिल्लो वर्ष १५ लाख चार हजार ९ सय ९० हेक्टरमा रोपाई हुने लक्ष्य रहेकोमा १४ लाख १७ हजार ८ सय २९ हेक्टर जमिनमा मात्र रोपाई भएको थियो । यस वर्ष सरकारले १४ लाख ८८ हजार हेक्टर जमिनमा रोपाई हुने लक्ष्य राखेको थियो । तर, त्यो लक्ष्य प्राप्त गर्न सरकार चुकेको छ ।
अघिल्लो वर्ष ९३ प्रतिशत जमिनमा धान रोपाई भएकोमा यस वर्ष ६८ प्रतिशत रोपाई भएको छ । अघिल्लो वर्ष १५ लाख चार हजार ९ सय ९० हेक्टरमा रोपाई हुने लक्ष्य रहेकोमा १४ लाख १७ हजार ८ सय २९ हेक्टर जमिनमा मात्र रोपाई भएको थियो । यस वर्ष सरकारले १४ लाख ८८ हजार हेक्टर जमिनमा रोपाई हुने लक्ष्य राखेको थियो । तर, त्यो लक्ष्य प्राप्त गर्न सरकार चुकेको छ ।
गत वर्ष १४ लाख ४७ हजार हेक्टरमा रोपाई हुँदा प्रतिहेक्टर औसत ३ दशमलव ७९ मेट्रिक टन उत्पादकत्व भएको थियो । यस वर्ष धान रोपाइँको क्षेत्रफल घट्दा उत्पादनमा कमी आउने कृषि तथा पशु पन्छी विकास मन्त्रालय नै निष्कर्ष निकालेको छ ।ढिलो गरी मनसुन सक्रिय भएको र लम्पी स्किनको कारण जोत्ने गोरुमा बिरामी हुँदा रोपाइँमा कम आएको निष्कर्ष निकालेको हो ।
मन्त्रालयका अनुसार ६५ लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । अघिल्लो वर्ष ५४ लाख मेट्रिक टन उत्पादन हुँदा करिब १० लाख मेट्रिक टन आयात गरेर परिपूर्ति गर्नुपर्ने बाध्यता छ । अघिल्लो वर्ष आयात गरिएको धानले यस वर्ष साउनमै धान/ चामलको आयात हुने भएपछि सरकारले १० लाख मेट्रिक टन धान र एक लाख मेट्रिक टन चामल चाडपर्वसहित मङ्सिर सम्मका लागि खाद्यान्न धान्ने गरी आयात गर्ने प्रक्रिया अघि बढाएको छ ।
अहिले भारतले चामलको निर्यात रोकेको छ । नेपालमा चाहिने चामलमा भारतबाट आउने चामलको हिस्सा पनि ठुलो छ । तर, अहिले भारतले निर्यात रोक्दा नेपालमा चामल आयात हुन सकेको छैन । यहाँ चामलको मूल्य बढाएका छन् । त्यो अवस्थामा नेपालमा चामलको एक मात्रै स्रोत अर्थात् धानको उत्पादन बढाउनुपर्ने दबाब छ । तर, उल्टै रोपाई घट्दा स्वदेशी माग अनुसार चामल पूर्ति गर्न चुनौती हुने देखिन्छ ।
नेपालमा वार्षिक ६५ मेट्रिक टन चामल आवश्यक पर्छ । तर, स्वदेशी उत्पादन भने ५४ मेट्रिक टन हाराहारीमा हुने गर्छ । सामान्य अवस्थामा समेत स्वदेशी उत्पादन र मागमा ठुलो ग्याप छ । अहिले रोपाई घट्दा उत्पादन र मागको ग्याप झन् बढ्दै छ । तर, भारतले चामल निर्यात रोक्दा नेपालमा चामलको अभाव हुने देखिन्छ ।