चिलिमे जलविद्युतको नाफा ६९ करोड बढी, विद्युत बिक्रीबाट १ अर्ब १२ करोड आम्दानी
काठमाडौं,साउन २९ । चिलिमे जलविद्युत कम्पनीले एक वर्षमा करिब साढे ६९ करोड नाफा कमाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । तर, अघिल्लो आवको सोही अवधिको तुलनामा भने ७.९२ प्रतिशतले कमी हो । अघिल्लो वर्ष कम्पनीले ७५ करोड ४२ लाख ४८ हजार रुपैयाँ नाफा गरेको थियो ।
समिक्षा अविधमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि सामान्य घटेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको यस्तो आम्दानी ४.४९ प्रतिशतले घटेर १ अर्ब १२ करोड ८६ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको वित्तीय आम्दानी पनि १६.६७ प्रतिशतले बढेर २२ करोड ८० लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको संचालन नाफा ७० करोड ७ लाख रुपैयाा छ ।
कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ । रिटेनअर्निङ्ग ३ अर्ब ३० करोड १६ लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २१ पैसा रहेको छ ।