विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी
कपिलवस्तु,साउन २६ । कपिलबस्तुमा विषालु च्याउ खाँदा एकै घरका सात जना बिरामी भएका छन् । मायादेवी गाउँपालिका ७ लालपुरका बिरामी भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार ४५ वर्षीय विन्दु ठाकुर, २९ वर्षीय धर्मेन्द्र ठाकुर, २६ वर्षीय कुसुम ठाकुर, २६ वर्षीय करण ठाकुर बिरामी भएका हुन् । यसैगरी, ६ वर्षीय ज्योति ठाकुर, ४ वर्षीय अन्सिका ठाकुर र ३ वर्षीय सुशान्त ठाकुर समेत बिरामी परेका प्रहरीले जनाएको छ ।
सातै जनाको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार भइरहेको घलेले बताए ।