किलोको सात रुपैयाँमा नबिकेको गोलभेडाको भाउ कसरी पुग्यो १८० ?



काठमाडौं, साउन २० । डेढ महिनाअगाडि असार ३ गते गोलभेँडा उत्पादन किसानले गोलभेँडा प्रतिकेजीको सात र आठ रुपियाँ पनि नपाएर कालीमाटी बजारभित्रै फ्याँकेर विरोध गरे ।

उपत्यकाका उत्पादक किसानले सबैभन्दा ठुलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि सडकमा फ्याँकेर विरोध गरेका थिए तर अहिले भने गोलभेँडाको भाउ अहिलेसम्मकै उच्च मूल्य प्रतिकेजी मूल्य १८० रुपियाँ थोकमै पुगेको छ । त्यस समय कालीमाटी बजारमा गोलभेँडाको मूल्य सात रआठ रुपियाँ मात्रै थियो ।

अहिले त्यही बजारमा गोलभेँडाको न्यूनतम मूल्य ११५ रुपियाँ र अधिकतम मूल्य १८० रुपियाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सानो गोलभेँडाको भाउ प्रतिकेजी ११५ रुपियाँ थोक मूल्य कायम गरिएको छ भने ठुलो गोलभेँडाको मूल्य प्रतिकेजी १८० रुपियाँ रहेको छ । यो थोक मूल्य हो ।

प्रतिक्रिया दिनुहोस्