काठमाडौं कलेज अफ म्यानेजमेन्टका १२८ जना विद्यार्थी दीक्षित 



काठमाडौं,साउन १५ । थाइल्याण्डको सायम युनिभर्सिटीबाट सम्बन्धनप्राप्त काठमाडौं कलेज अफ म्यानेजमेन्टका १२८ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा आइतवार सम्पन्न दीक्षान्त समारोहमा सन् २०२२ र सन् २०२३ मा स्नातक तह (बीबीए) उत्तीर्ण गरेका विद्यार्थी दीक्षित भएका छन् । 

समारोहमा युनिभर्सिटीका प्रेसिडेन्ट पोन्चाई मंगकोनभनितले विद्यार्थीहरूलाई चुनौतीको सामना गर्न र जिज्ञासु हुन सुझाए । ‘विद्यार्थीहरूले चुनौतीहरूको सामना र अवसरहरूको उचित सदुपयोग गर्दै अघि बढ्नुपर्छ,’ उनले भने । 

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले सरकारले शिक्षा क्षेत्रमा अधिकतम बजेट छुट्याएको दाबी गरिन् । ‘उद्यमशीलता र रोजगारी सिर्जनामा शिक्षाको ठूलो महत्त्व हुन्छ । त्यसैले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ,’ उनले दाबी गरिन् । 

प्रतिक्रिया दिनुहोस्