कोरियन भाषा परीक्षाको आवेदन खुल्ला



काठमाडौं,साउन १४ । वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई आवेदन दिन माग गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियको श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली श्रमिकलाई लैजान लागिएको छ। साउन २० गतेदेखि साउन २४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

आवेदक १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्