घट्यो बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा, अब नुवाकोटको कुन ठाउँ जान कति ?



काठमाडौं,साउन ११ । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ ।

नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो ।

बागमती प्रदेशले आजअर्थात साउन ११ गतेदेखि भाडा घटाएको हो। अब लामो रुटको सवारीमा २.३० प्रतिशत, मालबाहक सवारी साधनमा ३/१ प्रतिशत र सिटी बसमा ३.२६ प्रतिशतले भाडा घटेको छ ।

अब त्रिशुली–काठमाण्डौको भाडा २ सय ४० रुपैयाँमा झरेको छ । यस्तै काठमाण्डौ–देविघाट–त्रिशुलीको भाडा २ सय ५१ रुपैयाँमा झरेको छ । त्यस्तै काठमाण्डौ–टोखा–त्रिशुलीको भाडादर २ सय ६ पुगेको छ ।

त्यस्तै काठमाण्डौ–टोखा–सातविसेको भाडादर २ सय ५० रुपैयाँ कायम भएको छ भने देविघाटबाट गल्छीसम्मको भाडा मात्र ६१ रुपैयाँ पुगेको छ । यस्तै त्रिशुली–आप्रहको भाडादर ६८ रुपैयाँ कायम भएको छ ।

यस्तै त्रिशुली–चोकदे ५८ रुपैयाँ, त्रिशुली–देउराली ५० रुपैयाँ, र काठमाण्डौ–धुन्चेको भाडादर ४ सय ७ रुपैयाँ कायम भएको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि सो भाडा दर लागू हुने बताइएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । पेट्रोलिय पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशमा भाडा पनि घटेको हो ।

भाडादर हेर्नुस्

प्रतिक्रिया दिनुहोस्