पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणले त्रिविको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भयोः अनेरास्ववियु



काठमाडौं,साउन ९। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणको घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भएको बताएको छ । संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै त्रि.वि.को परीक्षा प्रणाली र विश्वसनियता माथि नै गम्भीर प्रश्न चिन्ह खडा बताएका हुन् ।

त्रि.वि संचालित बि.ए तेश्रो वर्षको परीक्षामा त्रि.वि.ले introduction to Tourism Development बिषयको प्रश्नपत्रमा पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणको गरेको थियो । पाठ्यक्रम बाहिरको प्रश्नपत्र आएको बताउदैं विद्यार्थीले बिरोध गरेपछि परीक्षाको करिब १ घण्टा पछि अर्को प्रश्नपत्र वितरण त्रि.वि.गरेको थियो ।

“त्रि.वि. सेवा आयोगको नेतृत्व चयन खुल्ला प्रतिस्पर्धाबाट नगरी, योग्य प्राध्यापक र कर्मचारी छनोट गर्न रोकेर आयोगलाई निकम्मा बनाउने सरकारको नालायकिपनका कारण त्रि.वि.मा प्राज्ञिक वातावरण दिन प्रति दिन ह्रास भई रहेको वर्तमान अवस्थामा आफ्नो विरासत जोगाउन त्रि.वि.मा व्यापक सुधार आवश्यक देखिन्छ” विज्ञप्तिमा भनिएको छ ।

घटनामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन अनेरास्ववियुले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्