अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा



काठमाण्डौं,साउन ७ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । अनेरास्ववियुले पत्रकार भेटघाट कार्यक्रममा सङ्गठनका अध्यक्ष समिक बडाल कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कार्यक्रम नगर्ने बताएका हुन् ।

अध्यक्ष बडालले तालाबन्दीका कारण विद्यार्थीको पठनपाठनसहित विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त बन्ने भएकाले तालाबन्दीको विकल्पका रूपमा अन्य आन्दोलन गर्ने बताए । उनले सामुदायिक विद्यालय सुधार गर्न पालिकाले गरेको कामलाई सहयोग समेत उनको भनाइ रहेको छ ।

उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक नभइ ‘बोर्ड अफ ट्रस्ट’का आधारमा गर्न सरकारलाई दबाब दिने बताए।

प्रतिक्रिया दिनुहोस्